नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि.ले लहानमा पल्सर N125 को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ।
बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर N125 को लन्च संगीतमय साँझमार्फत गरिँदैछ।
जेठ ७ गते बुधबार साँझ ६:३० बजेदेखि चौधरी होटल, लहानमा हुनगईरहेको यस कार्यक्रममा प्रवेश नि:शुल्क हुनेछ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र मानियाको लाइभ प्रस्तुति रहनेछ।
कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर N125 हो, जसमा १२४.५८सीसी एयर-कुल्ड, सिंगल सिलिन्ड र इञ्जिन छ, जसले ८.८२kw पावर र ११Nm टर्क उत्पादन गर्दछ। यो १२५सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।
हंसराज हुलास चन्द एण्ड कम्पनि प्रा.लि. का मार्केटिङ प्रमुख अमित राज चालिसेले भने, 'N125 लाई लहानमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ।'

प्रकाशित: ६ जेष्ठ २०८२ १८:५४ मंगलबार



-600x400.jpg)

