सामसङ नेपालले ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वाशिङ मसिन सार्वजनिक गरेको छ । १२ केजीसम्मको क्षमता, एआई–वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ बिस्पोक वाशिङ मेसिन नेपाली बजारमा उपलब्ध ल्याएको हो ।
स्मार्ट थिंगस् एपद्वारा स्मार्टफोनमार्फत् टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउने कम्पनीको दाबी छ । कपडाको धुलाईको किसिम अनुसार एआई पर्सन्लाइजेसन् सुविधाले उपयुक्त धुलाई साइकल पनि सुझाउने छ । यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्ने कम्पनीको भनाइ छ ।
यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई ब्रिधि गरी गहिराईलाई ६०० एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ। यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ। दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर नेपालमा लन्ड्री गर्ने नयाँ तरिका पनि यो मसिनले प्रस्तुत गरेको छ।
१२ केजी लाइन–अपमा दुइवटा फरक मोडलहरू उपलब्ध रहेको बताउँदै सामसङले डायल कन्ट्रोल भएको WW12DG5B24AXIM को रु १,१४,९९० र एलईडी डिस्प्ले भएको WW12DG6B24ABIM को रु १,२०,९९० मूल्य निर्धारण गरेको छ ।
यस वाशिंग मशिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको छ ।
प्रकाशित: २१ पुस २०८१ १५:२५ आइतबार