२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अपराध

बेलकाका युवक नौ किलो गाँजासहित नियन्त्रणमा

उदयपुर प्रहुरीले लुकाइछिपाइ बेच्न लादै गरेको गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। बेलका नगरपालिका १ आमबासीस्थित प्रहरी बिटले सवारी चेकजाँचका क्रममा ९ किलो गाँजासहित बेलका ३ का सुनिल श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

बेलका मुकाम रामपुरबाट सप्तरीको फत्तेपुर बजारतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ९४७८ नं. को मोटरसाइकलमा चेकजाँच गर्दा टोलीले अवैध लागूऔषध गाँजा फेला पारेको हो। श्रेष्ठले झोलामा लुकाइछिपाइ लैजाँदै गरेको ९ किलो गाँजासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गाँजा र मोटरसाइकलसहित श्रेष्ठलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखेर कारबाही सुरु गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताएका छन्।

प्रकाशित: २२ श्रावण २०८२ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App