१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन्।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मंगलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन्। सविनाको घटनास्थलमा नै मृत्यु भएको हो।  

घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ। अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन्। रासस

प्रकाशित: २२ आश्विन २०८२ ०८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App