नेपाल सरकारले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै आगामी २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि बिदा दिने निर्णय भएको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णय बमोजिम फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिइनेछ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारले यस्तो कदम चालेको उल्लेख छ।
प्रकाशित: १४ फाल्गुन २०८२ १७:०५ बिहीबार

