२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

टि-२० विश्वकप : दक्षिण अफ्रिकालाई वेस्ट इन्डिजले दियो १७७ रनको लक्ष्य

टी- २० पुरुष विश्वकप अन्तर्गत सुपर-८ को जारी खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ।

अहम्दाबाद स्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनायो। 

वेस्ट इन्डिजका रोमारियो शेफर्डले अर्धशतकपारि खेले। उनले ३७ बलमा ५२ रन बनाए ।  ओपनर ब्रान्डन किङले २१ रन बनाएर आउट हुँदा कप्तान शाइ होप १६ रनमै समेटिए।  

दक्षिण अफ्रिकाको लागि लुङ्गिसानी ङिदीले ३ विकेट लिए। यो खेल जित्ने टिम सेमिफाइनलमा पुग्नेछ । 

प्रकाशित: १४ फाल्गुन २०८२ १७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App