२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : बिहान १० बजेदेखि मतदान

फाइल तस्बिर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी सात हजारभन्दा धेरै प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्।

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गीबिच प्रतिस्पर्धा हुने भएको छ।

यो पनि पढ्नुहोस्

निर्विरोध हुन पाएनन् गगन (हेर्नुहोस् अन्तिम नामावली)

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र राखिएको निर्वाचन समितिले जनाएको छ।

राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाले पनि खुलामञ्चमै मतदान गर्नेछन्।

प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

कटुवालका अनुसार मतदानअघि प्रतिनिधिको परिचय र मतदाता नामावली रुजु गरिनेछ। त्यसपछि मात्र मतदान गर्न पाइनेछ।

May be an image of blueprint and text

प्रकाशित: २२ आश्विन २०८३ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App