१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

निर्वाचन सुरक्षालाई त्रुटीरहित गर्न प्रधानसेनापतिको निर्देशन

फाइल तस्बिर

प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन सुदूरपश्चिम पृतनाको निरीक्षणका क्रममा उनले निर्वाचन सुरक्षालाई त्रुटीरहित ढंगबाट सम्पन्न गर्न निर्देशन दिए। छलफलपछि प्रधानसेनापति सिग्देलले मातहतका युनिटलाई निर्देशन दिएको सुदूरपश्चिम पृतनाले जनाएको छ। सो छलफलमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको समेत सहभागिता थियो।

सुदूरपश्चिममा निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सेनाले यहाँका कारागार र विमानस्थलका साथै धनगढीस्थित आयल निगमको डिपोको सुरक्षा जिम्मेवारी लिइसकेको छ। त्यसैगरी यहाँका नौ वटै जिल्लामा सेनाले गस्ती बढाउनुका साथै निर्वाचनका लागि सबै किसिमका तयारी गरेको जनाएको छ।

प्रधानसेनापति सिग्देलले आजै सुर्खेतस्थित उत्तर पश्चिम पृतनाको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। रासस

प्रकाशित: १४ फाल्गुन २०८२ १७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App