३२ असार २०८३ बिहीबार
image/svg+xml
अपराध

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कमस खाएका श्रीमान् रणबहादुर सुनारले आफ्नै श्रीमतीको ज्यान लिएका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख  टेकबहादुर रावतले ४२ वर्षीया पारु सुनारको उनका ४५ वर्षीय श्रीमान् रणबहादुर सुनारको कुटाइबाट बिहीबार  मृत्यु भएको बताए।

कुटपिटबाट घाइते भएकी पारु र कुटपिट गर्ने सुनार दुवै जनालाई उपचारका लागि बुधबार दोधाराचाँदनीस्थित नगर अस्पतालमा पुगेका थिए।

प्रहरीले कुटपिटमा संलग्न रणबहादुरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३२ असार २०८३ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App