९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अपराध

चार सय ७५ किलो गाँजासहित दुई जना पक्राउ

फाइल तस्बिर

धनुषाको विदेह नगरपालिका ३ जोगियाराबाट अवैध लागूऔषध गाँजा ४ सय ७५ किलोग्रामसहित दुई जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धादिङ बेनिघाट रोराङ गाउँपालिका १ बस्ने २४ वर्षीय बिराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन्। वीरेन्द्र बजारबाट आउँदै गरेको प्र.३.०१.०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा लागूऔषध गाँजा ल्याउँदै गरेको खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले गणेशमान चारनाथ नगरपालिका ४ वीरेन्द्रबजारस्थित सडकबाट चालक बिराज र सहचालक १८ वर्षीय किशोरलाई नियन्त्रण लिएको थियो।

उनीहरूले धरानबाट उक्त गाडीमा लागूऔषध गाँजा ल्याई विदेह नगरपालिका ३ जोगियारास्थित ईट्टा भट्टामा राखेको खबर प्राप्त भएसगै उक्त स्थानबाट १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा प्रहरीले फेला परेको हो। यस  विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १ आश्विन २०८२ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App