१० वैशाख २०८३ बिहीबार
image/svg+xml
अपराध

सेवाग्राहीलाई दुःख दिने तीन बिचौलिया पक्राउ

वैदेशिक रोजगार विभाग ताहचलमा सेवाग्राहीलाई दुःख हैरानी दिने तीन बिचौलिया पक्राउ परेका छन्। 

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौं महानगरपालिका-१३ स्थित विभागबाट सेवाग्राहीलाई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

मोरङ घर भई हाल सामाखुसी बस्ने ५३ वर्षीय किशोरप्रसाद श्रेष्ठ, सिन्धुपाल्चोक घर भई हाल बालाजु बस्ने ३४ वर्षीय विजय लामा र नुवाकोट घर भई हाल कलंकी बस्ने ३८ वर्षीय सागर लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। 

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ९ वैशाख २०८३ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App