१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

अमेरिकी सहायक विदेशमन्त्री कपुरको नेपाल भ्रमण सकियो

अमेरिकी सहायक विदेशमन्त्री पल कपुरले आफ्नो तीन दिने नेपाल भ्रमण पूरा गरेका छन्।

नेपाल भ्रमणका क्रममा उनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पहिलो उच्चस्तरीय भेटघाट गरेका थिए।

त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि उनको उच्चस्तरीय भेटघाट भयो। भेटमा उनले अमेरिका र नेपालबिचको साझेदारीलाई थप बलियो र व्यावसायिक बनाउनेबारे चर्चा गरेको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

नेपाल भ्रमणमा रहँदा उनले विपक्षी कुनै पार्टीका नेतासँग भेट नगरेको पाइएको छ।

नेपाल भ्रमणमा रहँदा उनले आगामी 'सेलेक्ट युएसए' लगानी शिखर सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलसँग अमेरिकी लगानीका अवसरका बारेमा विचार साझा गरेका थिए।

साथै उनले नेपालको बढ्दो र गतिशील प्रविधि क्षेत्रमा थप सहकार्यको खोजी गर्न अमेरिकी र नेपाली निजी क्षेत्रका साझेदारहरूलाई आग्रह गरे। कपुरले बौद्धनाथ स्तुपा र पाटन दरबार स्क्वायरको भ्रमण गरेर नेपालको समृद्ध इतिहास र संस्कृतिको अनुभव पनि गरेको दूतावासले जानकारी दिएको छ।

प्रकाशित: ९ वैशाख २०८३ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App