१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

नवलपरासीमा आगलागी, बाह्र घर जले

पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन्। त्यसबाट चार  करोड रुपैयाँ बढीको क्षति भएको छ। आगलागी मङ्गलबार दिउँसो भएको हो।

जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन्। घरमा रहेका जिन्सी र नगदसहित चार करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान  गरिएको छ।

यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन्। प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरूलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको बताए।

प्रकाशित: ९ वैशाख २०८३ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App