१४ माघ २०८२ बुधबार
image/svg+xml
अपराध

छोरी भेट्न गएको सासुको ह*त्या

छोरी ज्वाइँको घर इटहरी आएको बेला एक जना महिलाको हत्या भएको छ । इटहरी वडा नं. ९ स्थित बीपी चोक छोरी ज्वाइँको घर आएको बेला भोजपुरकी ५६ वर्षीया पविमाया बयलकोटीको आइतबार राति हत्या भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  

पवित्रालाई उनका ज्वाइँ गणेश शाह गुप्ताले ट्यूवेलको ह्यान्डलले हान्दा गम्भीर बनेकी थिइन । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । डिएसपी सुभाष हमालका अनुसार रक्सी सेवन गरेका ज्वाइँलाई सासु पवित्राले सम्झाउँदा ट्यूवेलको ह्यान्डल प्रहार गरेका थिए ।  

प्रहरीले घटनालगतै गणेशलाई पक्राउ गरी जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी मुद्दा चलाएको छ ।  

प्रकाशित: १४ पुस २०८२ २१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App