२१ पुस २०८२ सोमबार
image/svg+xml
अपराध

काली मन्दिरका पुजारी गाजा तस्करीमा

सांकेतिक तस्बिर

कपिलवस्तुको शिवराज नगरपालिका ६  धर्मनगर स्थित काली मन्दिरका पुजारी करिब नौ किलो गाजा सहीत पक्राउ परेका छन ।  

मन्दिर भित्र रहेको कोठामा बोरामा राखिएको अवस्थामा स्थानीय पुजारी गोपाल कुर्मी चौधरी ८ किलो ७ सय ६० ग्राम गाजासहित पक्राउ परेका हुन ।

स्थानीयले पुजारीले मन्दिरको रकम हिनामिना गरी बदमासी गरेको उजुरी गरे पछि प्रहरीले मन्दिर भित्र खानतलासी गर्दा गाजा बरामद भएको प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए ।  

पुजारीको साथबाट ८ हजार २ सय २४ रुपैया नगदसमेत बरामद भएको छ । पक्राउ परेका पुजरीलाई अदालतबाट १३ दिनको म्याद थपेर कारबाही प्रकृया अघि बढाइएको प्रहरी उपरीक्षक आचार्यले बताए । 

प्रकाशित: २२ आश्विन २०८२ १९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App