२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

हतियार देखाएर ११ लाख बढीका गरगहना र नगद चोरी

शिवराज नगरपालिका–३ हंसबाहिनी मार्गस्थित सीता खनालको घरमा सोमबार मध्यरातमा  हतियार देखाएर ११ लाख बढीको चोरी भएको छ। चार जनाको समूहमा आएका चोरहरूले पिस्तोल र खुकुरी देखाएर घरका सदस्यलाई बन्धक बनाएर  साढे तीन तोला बढीको गरगहना तथा डेढ लाख नगद चोरी गरी फरार भएका हुन्। 

इलाका प्रहरी कार्यालय चन्द्रौटाका  प्रहरी निरीक्षक सुजन विक्रम शाहले खुकुरी तथा पेस्तोल जस्तो देखिने हतियार देखाएर सो लुटपाट गरी चोरहरू फरार भएको जानकारी दिए। चोरहरूको खोजी तथा घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: १७ भाद्र २०८२ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App