प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ।
निर्वाचन आयोगका अनुसार दिउँसो १२ः०० बजेसम्म देशभर कुल ३१ लाख ६३ हजार ७३६ मत खसेको छ। जुन कुल मतदाताको करिब १८ प्रतिशत हो।
देशका अधिकांश मतदान केन्द्रमा मतदाताको राम्रो सहभागिता देखिएको र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको आयोगले जनाएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १२:४० बिहीबार





