कपिलवस्तु प्रहरीले भारतबाट भन्सार छलेर अवैध रूपमा भित्र्याइएका २ लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल तथा मोबाइलजन्य सामग्री बरामद गरेको छ।
जिल्लाको कृष्णनगर नगरपालिका–२ बाट विभिन्न ब्रान्डका मोबाइल सेट र पार्टपुर्जाहरू नियन्त्रणमा लिइएको हो।
बरामद गरिएका सामग्रीको बजार मूल्य करिब २ लाख ३२ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार बरामद सामग्रीमा ४ थान रियलमी मोबाइल, मोबाइलका डिस्प्ले, ब्याट्री, ग्लास, सफा गर्ने कपडा र ब्रससहित कुल १७६ थान सामग्री रहेका छन्।
बरामद गरिएका सम्पूर्ण सामग्रीलाई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको डीएसपी सिंहले जानकारी दिए।
प्रकाशित: २९ मंसिर २०८२ १९:१६ सोमबार





