१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अपराध

झापामा खुकुरी प्रहार गरी श्रीमतीको ह*त्या गरेपछि श्रीमानले गरे आत्मह*त्या

झापाको दमक नगरपालिका-१ स्थित सिरपाली चोकमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन्।

विवादका क्रममा खुकुरी प्रहार गर्ने ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजय कुमारी दर्जी दुवैको मृत्यु भएको हो।

सामान्य विषयमा आपसमा विवाद हुँदा झै-झगडा भई धनबहादुरले श्रीमती विजय कुमारीमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरीको प्रहारबाट विजय कुमारीको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो।

श्रीमतीमाथि आक्रमण गरेलगत्तै धनबहादुर घरकै अर्को कोठामा गएर सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएका थिए। घटनापश्चात् दुवै जनालाई गम्भीर अवस्थामा उपचारका लागि दमक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले लगत्तै मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: ६ श्रावण २०८३ १९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App