१ पुस २०८२ मंगलबार
image/svg+xml
अपराध

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

सांकेतिक तस्बिर

वन मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले फरार प्रतिवादी कटारी नगरपालिका १ खसिबासका ७० वर्षीय धक्कुसिंह राईलाई पक्राउ गरेको हो ।

आईतबार पक्राउ परेका राईलाई उदयपुर जिल्ला अदालतको फैसलाले १२ दिन कैद र १ लाख ५३ हजार ६ सय ९२ रुपैया  जरिबाना तोकेको छ । सोमबार राईलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर झिकाएको छ ।  

उनको फैसला कार्यान्वयन गर्न सोमबारै अदालतमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए ।

 

प्रकाशित: २९ मंसिर २०८२ १५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App