१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल

नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। 

यति बेला एमालेको ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्वपूर्ण क्षणमा आइपुगेको बताउँदै उनले यस्तो बताएका हुन्।

'हामी यती बेला हाम्रो पार्टी नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्वपूर्ण क्षणमा आइपुगेका छौँ,' उनले सामाजिक सञ्जलामा लेख्छन्, 'पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा निति र कार्यक्रमहरू लाई बलियो, शसक्त, अनुशासित र गतिशिल संगठन मार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नु पर्दछ।'

साथै उनले आफूलाई उपाध्यक्ष पदमा उम्मेदवारी जिताउन आग्रह समेत गरेका छन्।

प्रकाशित: १ पुस २०८२ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App