भेरीगंगा नगरपालिका–५ स्थित बबई चेकपोष्टमा खटिएको प्रहरीले भन्सार छली गरी ल्याइएको सामानसहित एक गाडी नियन्त्रणमा लिएको छ ।
नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क प्र १०१५ नम्बरको ईभी गाडी चेकजाँच गर्ने क्रममा प्रहरी टोलीले बील–भरपाई नभएका विभिन्न कपडा बरामद गरेको हो ।
बरामद गरिएका सामानमा एक लाख ३० हजार रुपैयाँ बराबरका ६५ थान साडी, ७२ हजार रुपैयाँ बराबरका ३६ थान कुर्ता सुरुवाल, १६ हजार रुपैयाँ बराबरको ३२ थान लेडिज कुर्ति छन्।
प्रहरीले २ लाख १८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ ।
बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाले बताए ।
प्रकाशित: ६ भाद्र २०८२ १७:०४ शुक्रबार





