२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

चेक बाउन्स र सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

उदयपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुईजनालाई पक्राउ गरेको छ। शुक्रबार इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले फरार अभियुक्तहरू कटारी नगरपालिका ४ का ४६ वर्षीय रामकुमार दनुवार र २ नं. वडाका प्रेमबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो।

दनुवार चेक अनादर (चेक बाउन्स) मुद्दामा दोषी ठहर हुँदै फरार थिए भने विश्वकर्मा सवारी ज्यान अङ्गभङ्ग सम्बन्धी कसुरका फरार अभियुक्त भएको प्रहरीले जनाएको छ। दनुवारलाई २ हजार र विश्वकर्मालाई ५ हजार जरिवानाको कैद सुनाएको छ।

जिल्ला अदालतले दोषी ठहर गरे पनि भाग्दै आएका उनीहरूलाई खोजी गर्ने क्रममा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। पक्राउ दुवैजनालाई शुक्रबारै फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको छ।

प्रकाशित: ५ पुस २०८२ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App