१ असार २०८३ सोमबार
image/svg+xml
अपराध

लागूऔषधसहित विभिन्न स्थानबाट ४३ जना पक्राउ

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट प्रहरीले ४३ जनालाई नियन्त्रणमा लिएको छ। 

काठमाडौं, महानगरपालिका-७ कुमारीगलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ३४ ट्याब्लेट र नगद ७ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने ५० वर्षीया सरस्वती श्रेष्ठ समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले सरस्वतीको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

झापा, शिवसताक्षी नगरपालिका-७ बस्ने ४० वर्षीय सुरज ढकाल समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ६४ मिलिग्राम र नगद १ लाख १ हजार ९ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले सुरजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.१० प ९९७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लगूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २२ मिलिग्राम सहित कमल गाउँपालिका-३ बस्ने ३१ वर्षीय धनुश सहनीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, भद्रपुर नगरपालिका-४ तारानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-७ गरामनी बस्ने ३७ वर्षीय सुरेश सुवेदीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प ९४५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ डाँसपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-६ बस्ने २६ वर्षीय चेतन भन्ने संजय दनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बाँके, बैजनाथ गाउँपालिका-३ सुतैयास्थित फुटबल ग्राउण्ड नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-१ घर भएका २६ वर्षीय समिर शाही र भारत बहराइज केवलपुर सकिन नगर रूपैडिया बस्ने ४३ वर्षीय गोपी निसार रहेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-६ शिव मन्दिर नजिक बस्ने २८ वर्षीय कृष्ण कुमार थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्राम, नगद ४० हजार रूपैयाँ र डिजिटल तराजु २ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कृष्ण कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१७ थुकैला गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६३ ग्राम ५ सय ३० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईच रूपैडिहा नई बस्ती बस्ने ४० वर्षीय मो. रिजवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले युपि ४०क्यू ८९२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कैलाली, लम्कीचुहा नगरपालिका-६ तिलखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २०मिलिग्राम सहित सोही नगरपालिका-७ हरैयापुर बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले से.४ प ७४८१ नम्बरको मोटरासइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ७ सय २० मिलिग्राम सहित रामधुनी नगरपालिका-१ बस्ने ३२ वर्षीय अजय चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले को.२१ प ५६५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-९ आदर्श टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएकी २५ वर्षीया बिष्णु तामाङ, धनकुटा घर भएकी सरू परियार, मोरङ घर भएकी २६ वर्षीया बिमला लिम्बु, सुनसरी घर भएका २६ वर्षीय युसुब शेख र मोरङ घर भएका ४० वर्षीय जोजो लामा रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।  

यसैगरी सुनसरी, भोक्राहानरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ३ ग्राम १ सय ३ मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१० बस्ने ३२ वर्षीय गोपाल जोगी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकाउनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कोशी गाउँपालिका-१ भन्सार गेटबाटअवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका-५ बस्ने ३३ वर्षीय सुनिल चौधरी, धरान उपमहानगरपालिका-१७ बस्ने ३२ वर्षीय धनजित राई रखोटाङ रूपाकोट मझुवागढी गाउँपालिका-१२ बस्ने ३४ वर्षीयपूर्ण बहादुर राई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-३ बस्ने २१ वर्षीय पवन सिटौला र मिक्लाजुङ गाउँपालिका-७ बस्ने २६ वर्षीय अभिषेक थापा रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१३ सन्ताउन्नबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ सय १५ एम्पुल, बुप्रेनोर्फिन ४ सय १५ एम्पुल र प्रोमेथाजाइन ४ सय १५ एम्पुल सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गोपी लोनियालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बर्दघाट समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० आनन्दटोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१३ बनस्पती घर भएकी २२ वर्षीया निर्मला मोक्तान समेत ४ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले निर्मलाको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरबाटअवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सौगात खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सर्लाही, बाग्मती नगरपालिका-२ धरहरा बस्ने ३० वर्षीय पवन लामाको घरबाट नियन्त्रित लागूऔषध स्पास्मो १० ट्याब्लेट र स्पारेष्ट ६ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बाग्मती नगरपालिका-२ डुम्री टोल बस्ने ३१ वर्षाया अर्जुन सिङ्तान र मकवानपुर मनहरी गाउँपालिका-६ पर्ता टोल बस्ने २० वर्षीया एलिना तामाङ रहेका छन्।

इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले पवनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको छ। प्रहरी हाल फरार पवनको खोजी गरिरहेको छ। 

दाङ, घोराही उपमहानगरपालिका-१५ स्थित कोशेली खाजा घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नगद २७ हजार ७ सय ५ रूपैयाँ सहित खाजा घरका संचालक रोल्पा रून्टिगढी गाउँपालिका-१ घर भएकी ५० वर्षीया मिना घर्ती समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

इलाम, माई नगरपालिका-४ शुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २४ वर्षीय पदम बुढा क्षेत्री, २४ वर्षीय प्रकाश अधिकारी र सूर्योदय नगरपालिका-१ बस्ने ३० वर्षीय हिरण शंकर रहेका छन्।

प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले बिर्तामोडबाट दानाबारीतर्फ आउँदै गरेको मे.११ प ८५३० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

प्रकाशित: १ असार २०८३ १५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App