२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अपराध

लागूऔषध सहित विभिन्न जिल्लाबाट ३२ जना पक्राउ

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं, नागार्जुन नगरपालिका-८ भिमढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो ५ किलोग्राम र पोलेन ८ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ छकडोल बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-१ घर भएका २७ वर्षीय रपेन्द्र श्रेष्ठ र धादिङ गजुरी गाउँपालिका-८ घर भएकी ३४ वर्षीय अमृता तामाङ रहेका छन्।

प्रहरी चौकी भिमढुङ्गा समेतबाट खटिएको प्रहरीले बा.३४ प ८४०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।  

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ६० मिलिग्राम सहित झापा भद्रपुर नगरपालिका-४ बस्ने २९ वर्षीय आशिष रिजाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ६७९८ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

सिराहा, सिरहा नगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ३ सय ४० मिलिग्राम सहित सिन्धुली फिकल गाउँपालिका-६ बस्ने २८ वर्षीय खेम बहादुर कार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले माडरबाट सिराहातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल सहित चालक फरार भएको र मोटरसाइकलमा सवार खेम बहादुरलाई नियन्त्रणमा लिई जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला परेको हो। प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ बस्ने २७ वर्षीय बरूण गुरूङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय ६० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।

भक्तपुर, सूर्यविनायक नगरपालिका-७ गुण्डु मोडर्न कलेज नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका-४ ददिकोट बस्ने २८ वर्षीय प्रदिप थापा र भक्तपुर ठिमीचोक बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१० मेलम्ची घर भएका २९ वर्षीय विनोद घिमिरे रहेका छन्।

अस्थायी प्रहरी पोष्ट गुण्डुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी भक्तपुर, सूर्यविनायक नगरपालिका-६ सुन्दरबस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३० ट्याब्लेट, एसएलआरको गोली २ राउण्ड, खुकुरी १ थान र मोबाइल ६ थान सहित सोही नगरपालिका-८ सिपाडोल बस्ने २३ वर्षीय निरज खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

चितवन, भरतपुर महानगरपालिका-२ नमस्ते चोक र सोही महानगरपालिका-१० एयरपोट पछाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६५ ग्राम २ सय ३० मिलिग्राम सहित ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने ३० वर्षीय मोहम्मद निरज, २९ वर्षीय रमन श्रेष्ठ, भरतपुर महानगरपालिका-१० भरतपुर विमानस्थल पछाडी डेरा गरी बस्ने गोरखा भच्चेक घर भएकी २५ वर्षीया अस्मिता भन्ने सिर्जना परियार, चितवन रत्ननगर डेरा गरी बस्ने गोरखा छोप्राक घर भएकी २३ वर्षीया सुष्मा गुरूङ र भरतपुर महानगरपालिका-११ बसेनी बस्ने २९ वर्षीय विजय गिरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब ४ सय ५६ ग्राम सहित सोही ठाउँ बस्ने केशर बहादुर थापा मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-४ रामघाट लाङघाली चोकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ३६ ग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय पुर्ण बहादुर थापा मगर, भरतपुर महानगरपालिका-४ बस्ने पर्सा वीरगंज घर भएका २३ वर्षीय बिशेष चौधरी र तनहुँ बन्दिपुर नगरपालिका-३ बस्ने २० वर्षीय पुजन राना मगर रहेका छन्।

वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले पुर्ण बहादुरको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

रूपन्देही, सैनामैना नगरपालिका-११ उत्तर बरौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय भिम पचभैया मगर र सैनामैना नगरपालिका-१० बस्ने ३० वर्षीय खिम कुमार पुलामी थापा रहेका छन्। इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले भिमको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ७ सय ७ ट्याब्लेट सहित धादिङ निलकण्ठ नगरपालिका-१२ बस्ने २६ वर्षीय प्रकाश विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट दमौलीतर्फ जाँदै गरेको ग.प्र.०३-००१ ख ००३३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुबेशीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १२ ट्याब्लेट साहित कालिका गाउँपालिका-१ राम्चे बस्ने २७ वर्षीय राजु तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवा र प्रहरी चौकी स्याफ्रुबेशीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

झापा, विर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा ५ किलो ९० ग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने अर्जुनधारा नगरपालिका-७ बस्ने ३० वर्षीय बिनोद मगर र भोजपुर हतुवागढी गाउँपालिका- ४ खैरान बस्ने २० वर्षीय सागर राई रहेका छन्।

इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४ ग्राम ७१ मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१० बस्ने ३२ वर्षीय सुरज राय र मोरङ विराटनगर महानगरपालिका-३ बस्ने ४२ वर्षीय बाबुराम दर्जी रहेका छन्।

प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुरजलाई ६ ग्राम १ मिलिग्राम र बाबुरामलाई ८ ग्राम ७० मिलिग्राम सहित फेला पारी पक्राउ गरेको हो।

नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ एस मोडबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५८ ट्याब्लेट र स्पास्मो १ सय २० ट्याब्लेट सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ साहुमारा बस्ने २५ वर्षीय धिरज खड्का, नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१४ मिलनटोल बस्ने १९ वर्षीय सबिन सारू मगर र २४ वर्षीय सुनिल बाचे मगर रहेका छन्।

इलाका प्रहरी कार्यालय त्रिबेणीबाट खटिएको प्रहरीले लु.९० प १६७० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। प्रहरीले हाल फरार स्कुटर चालकको खोजी गरिरहेको छ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-८ मङगलबारे डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय रबिन माझी समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २० जेष्ठ २०८३ १५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App