प्रहरीले जुवातास खेलिरहेको अवस्थामा तीन जिल्लाबाट २७ जनालाई नियन्त्रणमा लिएको छ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोड बस्ने ७२ वर्षीय कासीराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा कासीराम समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ४ सय २२ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका-१७ रामदर्शन टोल बस्ने ५५ वर्षीय धर्मदत्त गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा धर्मदत्त समेत ९ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।
ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने ५० वर्षीय श्याम कुमार राईको घरमा जुवातास खेलिरहेको अवस्थामा श्याम कुमार समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ५ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २७ वैशाख २०८३ १७:४४ आइतबार





