सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ।
जिल्लाको बर्जु गाउँपालिका-५, गोचाकामत टोलबाट शुक्रबार राति करिब २ सय ५७ किलो ४५ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सीतागञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा बा.प्र.-०१-०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीबाट उक्त परिमाणको गाँजा फेला पारेको हो।
गाँजा बरामद भए पनि गाडीका चालक भने फरार भएका छन्। प्रहरीले गाडी नियन्त्रणमा लिई फरार चालकको खोजी कार्य तीव्र पारेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रकाशित: २२ कार्तिक २०८२ १८:१५ शनिबार





