१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अपराध

लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका–११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम नगरपालिका–१ शनिबारेबाट दुई, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट तीन, धरान उपमहानगरपालिका–११ बाट एक र मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट दुई जनालई पक्राउ गरिएको हो। उनीहरूमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नगद लागुऔषध जोख्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद भएको छ।

यसैगरी, कोहलपुर नगरपालिका–१० चडिण्डका टोलबाट एक, पोखरा महानगरपालिका–२५ याम्दीबाट एक र सिम्रौगढ नगरपालिका–३ भट्टीवैरियाबाट दुई, नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरबाट एक जनालाई पक्राउ गरेको हो। उनीहरु बुधबार पक्राउ परेका हुन्।

प्रकाशित: १७ वैशाख २०८३ ०९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App