२३ वैशाख २०८३ बुधबार
image/svg+xml
अपराध

लागूऔषधसहित १५ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषध सहित १५ जनालाई पक्राउ गरेको छ।  

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं, ललितपुर, रुपन्देही, सिरहा, चितवन, नवलपरासी पूर्व, कैलाली, सुनसरी र सुर्खेतबाट उनीहरु पक्राउ परेका हुन्।

उनीहरुका साथबाट चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने नियन्त्रित लागूऔषध नोर्फिन, फेनारगन, स्पास्पेन, ट्रामाडोल, आइपिपिएल र  डाइजेपाम तथा लागुऔषध खैरो हेरोइन र गाँजा बरामद भएको छ।

प्रकाशित: २३ वैशाख २०८३ १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App