१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

रुपन्देही बाल सुधारगृहमा अनुगमन

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ भैरहवास्थित बाल सुधारगृहमा अनुगमन गरिएको छ।

प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीसहितको टोलीले बाल सुधारगृहको अनुगमन गरेको हो।

अनुगमनपश्चात सांसद पौड्यालले बाल सुधारगृहलाई अझ ठूलो स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको बताए।

त्यसका लागि आवश्यक पहल गरिने उनले बताए। एकै ठाउँमा धेरै बालकहरु बस्दा स्वास्थ्यसहित अन्य समस्या आउन सक्ने उनको भनाइ छ।

बाल सुधारगृहमा स्थानीय तहहरुले खाजा व्यवस्थापनका लागि सहयोग गरिरहेको भए पनि त्यो पर्याप्त हुन नसकेको उनले बताए।

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सदस्यसमेत रहेकी पौडेलले बाल सुधारगृहमा रहेका बालकहरुलाई मनोसामाजिक परामर्श पनि आवश्यक रहेकामा जोड दिइन्।

प्रकाशित: २३ वैशाख २०८३ १७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App