लागूऔषध ब्राउन सुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–७ पडरियाका २२ वर्षीय आकाशबहादुर मगर र २८ वर्षीय देव सिंह ठकुरीलाई बिहीबार लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो।
भारतको बलई गाउँबाट नेपालतर्फ आइरहेको अवस्थामा नियन्त्रणमा लिइ चेकजाँच गर्दा १ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिइ अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए।
प्रकाशित: २० असार २०८२ १४:२६ शुक्रबार



-600x400.jpg)

