३० असार २०८२ सोमबार
image/svg+xml
अपराध

लमजुङमा आश्रमको दान पेटिका फुटाएर रकम चोर्ने युवक पक्राउ

लमजुङ प्रहरीले राईनास नगरपालिकास्थित एक आश्रमको दान पेटिका फुटाएर रकम चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। चोरी भएको २४ घण्टा नबित्दै प्रहरीले उनलाई चोरीको रकमसहित पक्राउ गर्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीलेका अनुसार पक्राउ पर्नेमा दोर्दी गाउँपालिका-३, श्रीमञ्ज्याङका २३ वर्षीय सोम बहादुर परियार रहेका छन्। उनलाई बुधबार सुन्दरबजार नगरपालिका-८ बाट चोरीको रकमसहित पक्राउ गरिएको हो।

मंगलबार बिहान राईनास नगरपालिका-८ स्थित सर्वोदय सेवा आश्रममा राखिएका दुईवटा दान पेटिकाको ताला फोडेर त्यहाँ रहेको नगद चोरी भएको थियो। आश्रमले उजुरी गरेपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको थियो।

पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार लमजुङ जिल्ला अदालतमा पेश गरेको छ। अदालतले चोरीसम्बन्धी कसुरमा अनुसन्धानका लागि ७ दिनको म्याद थप गर्न अनुमति दिएको प्रहरी निरीक्षक साह तेलीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ असार २०८२ १९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App