४ माघ २०८२ आइतबार
image/svg+xml
अपराध

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-५ बनकट्टीबाट नियन्त्रित लागूऔषध स्पास्मो ९६ ट्याब्लेट र नाईट्राभेट ५७ ट्याब्लेटसहित सोही नगरपालिका-९ मुस्लिम टोल डेरा गरी बस्ने रूपन्देही रोहिणी गाउँपालिका-२ घर भएका ४३ वर्षीय राजु मुसलमानलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।  

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ लट्टिनाथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश लामा र २५ वर्षीय अमित मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

रूपन्देही, मायादेवी गाउँपालिका-३ हरहरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ३० मिलिग्रामसहित सोही गाउँपालिका-४ सेमरी बस्ने कैलाली बर्दगोरिया गाउँपालिका-६ घर भएका २३ वर्षीय प्रेम रावतलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले लु.७७ प ६३२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

झापा, दमक नगरपालिका-९ चिया बगानको नौ घरे टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८८ मिलिग्राम सहित ४ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय भगवान किन्डो उराउ, २४ वर्षीय अजय राई, सोही नगरपालिका-९ सूर्योदय टोल बस्ने २३ वर्षीय रोहित गौतम र सोही नगरपालिका-९ माछा खाडी बस्ने ३१ वर्षीय राजु सुनुवार रहेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले भगवानको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको हो।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय मनोज पौडेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो  शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईली बस्ने ३५ वर्षीय कमल घिमिरे समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ सय ३० मिलिग्रामसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले कमलको घरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो।

यसैगरी सुर्खेत, भेरीगंगा नगरपालिका-१० छिन्चु तालबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित दाङ राप्ती गाउँपालिका-७ बस्ने २३ वर्षीय अविशेष चौधरीलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको  छ। इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-७ जोख्खर ताल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्रामसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय लाला चौधरी र ३४ वर्षीय राजु चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

उदयपुर, त्रियुगा नगरपालिका-३ चाप बस्ने ६८ वर्षीय लकु चौधरी र उनकै छोरा ३२ वर्षीय मनोज चौधरीलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ३ सय ग्राम र नगद ६६ हजार रुपैयाँसहित सोमबार दिउसो प्रहरीले पक्राउ पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले लकुको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १३ जेष्ठ २०८२ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App