५ माघ २०८२ सोमबार
image/svg+xml
अपराध

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी चार वर्षपछि पक्राउ

प्रकाश नेपालीको मृत्यु प्रकरणमा फरार रहेका प्रतिवादी उमेश नेपालीलाई कैलाली प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ । 

कैलालीको गोदावरी नगरपालिका वडा नं. ०५ का २० वर्षीय प्रकाश नेपालीको २०७८ सालको माघ २ गते धनगढीमा हत्या भएको थियो । सोही दिनदेखि फरार रहेका २५ वर्षीय नेपालीलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।  

जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ । 

प्रकाशित: ९ जेष्ठ २०८२ १९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App