१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १७:२८ अपराह्न
अपराध

जबरजस्ती करणी गरेको आरोपमा रसुवाबाट युवक पक्राउ

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा गोसाइँकुण्ड गाउँपालिका-५, स्याफ्रुबेशीमा बस्ने २३ वर्षीय नविन रावललाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका रावल रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्थायी बासिन्दा हुन्। 

किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी चौकी स्याफ्रुबेशीबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो। यो घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १० चैत्र २०८१ १४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App