१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १६:० अपराह्न
अपराध

सीतापाइलाबाट १२० थान खुकुरी चोरी, तीन पक्राउ

नागार्जुन नगरपालिकाको सीतापाइलामा रहेको भेषबहादुर कामीको खुकुरी कारखानाबाट १२० थान खुकुरी चोरी भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले सोमबार काठमाडौं महानगरपालिका–१५, रामघाटबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धादिङ, धुनिबेसी नगरपालिका–५ का २७ वर्षीय राजकुमार तामाङ, रौतहट, रघुनाथपुर–९ का ३३ वर्षीय शेख जफ्रे आलम र चपुर नगरपालिका–९ का २३ वर्षीय लाल मोहम्मद देवान रहेका छन्।

प्रहरीका अनुसार, उनीहरूलाई सोधपुछ गर्दा ललितपुर–२, सानेपामा लुकाइराखेको अवस्थामा ४५ थान खुकुरी फेला परेको छ।

त्यस्तै, उनीहरूबाट तीन थान साइकल, एक थान फलामको हतौडा, एक थान इलेक्ट्रिक तराजु, एक थान फलामको रड, एक थान लिभर र नगद तीन हजार नौ सय रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८१ १६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App