दाङमा २१ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
जुम्ला गुठीचौर गाउँपालिका-१ मनिगाउँ घर भएका २८ वर्षीय नेत्र बहादुर रोकायालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
नेत्र बहादुरले ती महिलालाई गढवा गाउँपालिका-३ गोवरडिहास्थित खेतमा लगेर बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २० फाल्गुन २०८१ १५:१४ मंगलबार