७ माघ २०८२ बुधबार
image/svg+xml
अपराध

कुटपिट गरी हत्या गरेको अभियोगमा ताप्लेजुङका एक युवक पक्राउ

छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबुका २२ बर्षिय सुवास लिम्बू पक्राउ परेका हुन् । उनीमाथि फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम ज्यान सम्वन्धी कसुरमा ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

इखाबु खुपातालका छत्रबहादुर लिम्बूको सुद्धाई कार्यमा निज सुवासले स्थानीय ५६ वर्षीय बृखबहादुर लिम्बूलाई मुक्काले संवेदनशिल अंगमा प्रहार गरी घाइते बनाएको र निज बृखबहादुरको सोहि चोट पींडाका कारण मृत्यु भएको भन्ने सूचनाका आधारमा प्रहरीले सुवासलाई पक्राउ गरेको जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

प्रकाशित: ६ फाल्गुन २०८१ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App