१० माघ २०८२ शनिबार
image/svg+xml
अपराध

गाँजा र चसेससहित सात जना पक्राउ

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको  गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेश र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो।  

प्रहरीले रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, वडा नम्बर ८ र तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा लागु औषध कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा लागु औषध र कारोबारमा सङ्लग्नलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिए। 

प्रहरीले धादिङ्ग गजुरी गाउँपालिका वडा नम्बर ८ बस्ने ३३ वर्षिय दीपक तामाङ, सोही स्थानका ३६ वर्षिय सुनबहादुर तामाङ, ३१ वर्षिय नक्कलबहादुर तामाङ, ४१ वर्षिय प्रेमलाल तामाङलाई पक्राउ गरेको छ। 

त्यसैगरी रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ आदर्शनगर बस्ने २५ वर्षिय जीवन मल्लाह, तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बस्ने २३ वर्षिय २३ दीलिप केवट र स्याङ्जा गल्याङ्ग नगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षिय जीवनाथ पाण्डे रहेका छन्। प्रहरीले लागुऔषध कारोबारमा संलग्न उनीहरुको थप अनुसन्धान भइरहेको जनाएको छ। रासस

प्रकाशित: ३ फाल्गुन २०८१ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App