९ माघ २०८१ बुधबार
image/svg+xml
अपराध

धनपालथानबाट डेढ किलो चाँदी बरामद

मोरङको धनपालथानबाट बुधबार चाँदीका गरगहना र मूर्ति प्रहरीले बरामद गरेको छ ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत धनपालथान गाउँपालिका–२ गोसाइ पोखरी नजिकबाट डेढ किलोभन्दा बढी चाँदी बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार भारतबाट अवैध रुपमा चाँदीका गरगहना र मूर्ति ल्याउँदै गर्दा सीमा क्षेत्रको दशगजाबाट प्रहरीले बरामद गरेको हो । प्रहरी चौकी अमाहीवरियातीको टोलीलाई देख्नसाथ कपडाको पोको फालेर महिला भारततर्फ फरार भएकी थिइन् ।

महिलाले फालेको कपडाको पोको खोलेर हेर्दा १ किलो ६ सय ग्राम बराबरको चाँदीका गहना र मूर्ति भेटिएको थियो । उक्त बरामद भएको गहना र मूर्ति २ लाख ६० हजार मूल्य बराबरको रहेको डिएसपी जोशीले बताए ।

उक्त गहना र मूर्ति भारतमै बनाएर ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित: ९ माघ २०८१ १७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App