३ माघ २०८१ बिहीबार
image/svg+xml
अपराध

रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी

थुनछेक बहस लम्बिएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमै फर्किएपछि उनका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उत्तेजक नाराबाजी गरेका छन् ।

सोमबार काठमाडौं जिल्ला अदालतबाहिर रास्वपाका कार्यकर्ताले चर्को स्वरमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका हुन् । जसमा ‘केपी चोर, देश छोड’, ‘प्रतिशोध साँध्न पाइँदैन’लगायतका नारा लगाएका थिए । 

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि विरुद्ध सोमबारबाट थुनछेक बहस सुरु भएको थियो । रवि पक्षका वकिलले एकै दिनमा थुनछेक सक्न दबाब बढाएका थिए । तर, सरकारी वकिल र जाहेरवाला पक्षका वकिलको बहस लम्बिए पछि सोमबार बहस सकिएन । 

यही कारण बहस बुधवार सम्मका लागि लम्बिएको छ । जसको आक्रोश रविका समर्थकले अदालतअगाडि प्रदर्शन गरेर देखाएका हुन् । 

प्रकाशित: २९ पुस २०८१ १७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App