अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, काठमाडौं महानगरपालिका-१५ विजेश्वरीबाट नियन्त्रित लागूऔषध डाईजेपाम १४ एम्पुल, फेनारगन १४ एम्पुल, नोर्फिन १४ एम्पुल र नगद १० हजार ८ सय ८५ रूपैयाँ सहित सोही ठाउँ बस्ने काभ्रे तेमाल गाउँपालिका-७ घर भएका ३१ वर्षीय पेम्बा तामाङ समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
झापा, गौरीगंज गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय ५० मिलिग्राम सहित दमक नगरपालिका-९ धरना टोल बस्ने २९ वर्षीय डिकेश मुण्डा समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले आँपगाछीबाट पूर्व तुलाचन चोकतर्फ आउँदै गरेको प्र.१-०१-०१३ प ७०९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँके, नेपालगंज उपमहानगरपालिका-१७ डिवामन्दिर नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१६ बस्ने २० वर्षीय रियाज खानलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पँचपोखराबाट नदै गाउँतर्फ आउँदै गरेको युपि ३२ एनयु ७४३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कञ्चनपुर, भीमदत्त नगरपालिका-७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रबिन धानुकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बर्दिया, गुलरिया नगरपालिका-११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-४ लक्ष्मीटोल बस्ने २८ वर्षीय अनिल गोडियालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ३ सय २० ग्राम सहित चितवन राप्ती नगरपालिका-१ बस्ने ४२ वर्षीय सन्चलाल चेपाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ००४२ नम्बरको गाडीमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
उल्लेखित सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: ७ भाद्र २०८२ १८:५१ शनिबार





