१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

१२ दिनपछि देशको नम्बर एक पार्टी बन्छौँ : संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनपछि आफ्नो पार्टी पुन: देशको एक नम्बर पार्टी बन्ने दाबी गरेका छन्। दोलखामा मतदातासँग अन्तरक्रियामा उनले यस्तो दाबी गरेका हुन्।

दाहालले जनता र पार्टीका लागि सहज मार्ग निर्वाचन नै रहेको बताए। निर्वाचन सहज विकल्प मात्रै नभएर जनतालाई संगठित र परिचालित बनाउने मार्ग रहेको उनको भनाइ छ।

दाहालले भने, ‘हामीले देशभर प्रचारअभियान अघि बढाइरहेका छौं। बाँकी १२ दिन युद्धस्तरमा काम गर्दा फेरि देशको नम्बर १ पार्टी बन्न सक्छौं र नयाँ परिस्थिति निर्माण गर्न सक्छौं।’ 

निर्वाचनका लागि सबै राजनीतिक दलहरू निर्वाचन प्रक्रियामा सहभागी भइसकेको र जनता पनि निर्वाचनमा भरोसा गर्दै अघि बढिसकेका बताउँदै अझै पनि केही मानिसहरूले निर्वाचन हुँदैन भन्ने कुरा भएको जिकिर गरे। उनले भने, ‘हावाहुरी केही दिन आएको जस्तो देखिए पनि स्थायी हुँदैन। अब मानिसहरूले बुझिसकेका छन्, राष्ट्रिय र वामपन्थी एकीकृत गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी नै हो।’

प्रकाशित: ९ फाल्गुन २०८२ १५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App