घोटाला गर्नेलाई कानुन बमोजिम कारबाही गर
सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिद अनियमिततामा वहालवाला मन्त्री रवीन्द्र अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको छ।
सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिद अनियमिततामा वहालवाला मन्त्री रवीन्द्र अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको छ।
काठमाडाैंकाे सतुंगलमा आगलागी भएकाे छ। सतुंगलमा रहेकाे दीपक कपास उद्योगमा आगलागी भएको हाे। आगलागी नियन्त्रणकाे प्रयास भइरहेकाे काठमाडौँ प्रहरी परिसरले जानकारी दिएकाे छ।
सांसद रेशम चौधरीले आफुलाई न्याय दिन आग्रह गरेका छन्। विहिबार सिंहदरबारमा सभामुख कृष्णबहादुर महरासँग सपथ लिएका उनले सञ्चार माध्ययमलाई प्रतिक्रिया दिँदै घटनाको स्पष्ट छानविन हुनुपर्ने र दोषीले सजायको भागिदार बन्नुपर्ने बताए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सम्पूर्ण कर्मचारी समायोजन जानैपर्ने बताएका छन्। नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै मन्त्री पण्डितले हाल चलिरहेको कर्मचारी आन्दोलनको कुनै औचित्य नरहेको भन्दै समायोजनको विकल्प नरहेको स्पष्ट पारे।
नागरिक फ्रन्टलाइनः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित
नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह (स्याटलाइट) प्रक्षेपण गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै स्याटलाइट प्रक्षेपण गर्न लागेको हो।
केही दशकदेखि वैदेशिक रोजगार नेपाली संस्कृतिको एउटा पाटो झैं बनिसकेको छ। विदेशमा गएर कमाएको पैसाले धेरैको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। स्वास्थ्य, शिक्षा आदिमा विपन्न र गरिब नेपालीको पनि पहुँच बढेको छ।
समुदायद्वारा संचालित पाटन समुदायिक पुनस्र्थापना संस्था अहिले आर्थिक संकटमा रहेको छ । अटिजम अर्थात बौद्विक असक्षमता भएका बालबालिकाहरूका लागि खोलिएको यो संस्थामा २ वर्षदेखि ४० वर्ष समूहका ५६ जना बालबालिका र वयस्कसम्म रहेका छन् ।
रोजगारीका लागि मलेसिया गएका राजकुमारको विदेश यात्रालाई समेटेर नागरिक नेटवर्कले कार्यक्रम “डलरको कथा” निर्माण गरेको थियो। सोहि कार्यक्रम हेरेर मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपालीहरूले आर्थिक संकलन गरेर पठाएको ३१ हजार आफूले पाएको पीडित राजकुमारले जानकारी दिए। रोजगारीका लागि मलेसिया गएका राजकुमारको दुबै मृगौलाले काम नगरेपछि नेपाल फर्किएर उनी अहिले दिन बिराएर डायलासिस गर्दै छन्।
नागरिक फ्रन्टलाइनः नेपाली काङ्ग्रेसका महामन्त्री प्रा.डा. शशांक कोइराला
विवाह मण्डपमै कुटिइन बेहुली विवाहको मण्डपमा बसिरहेकी एक बेहुलीमाथि कुटपिट भएको छ। बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई तेह्रथुम प्रहरीले नियन्त्रणमा लिएको छ।
गत हप्ता दाङमा एक स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार २३ जना यात्रुको मृत्यु भयो भने अरु धेरै घाइते भए। त्यसको केही दिनअघि नुवाकोटमा एक मिनी ट्रक दुर्घटना हुँदा त्यसमा सवार १८ जना यात्रुको मृत्यु भयो, दर्जनौ घाइते भए। नुवाकोट र दाङमा भएका दुर्घटनाले फेरि एकपटक सडक दुर्घटना र सडक सुरक्षामाथि बहस चुलिएको छ।
सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्र कतारमा भौतिक संरचना निर्माण गर्न नेपालको ठुलो साथ र सहयोग रहेको भन्दै उनले कतारले पनि नेपालको विकासमा सघाउने प्रतिबद्धता जनाए। नागरिक न्युजसँग कुरा गर्दै राजदूत हेलले केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका बेला सुरक्षा तथा कृषिको क्षेत्रमा मिलेर अघि बढ्ने समझदारी भएको स्मरण गर्दै समझदारीले दुई देशको सम्बन्धमा नयाँ आयाम थपेको बताए।
विदेशिने नाममा दलालको पासोमा परेका केही प्रतिनिधि पात्र मात्र हुन् यी त । आर्थिक वर्ष २०७४ र ०७५ मा मात्र विदेश पठाइदिने नाममा १ हजार १ सय नौ नेपाली विभिन्न व्यक्ति बाट ठगिएका वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउछ । ती ११ सय नौ जनाले ७५ करोड ३७ लाख १० हजार रुपैया एजेन्टले खाएको भन्दै असुल गरिदिन विभागमा उजुरी गरेका छन् ।
सार्वजनिक प्रशासनविद्ले अनुसन्धानविना राज्य चल्न नसक्ने बताएका छन्। बुधवार साँझ नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै सार्वजनिक प्रशासनविद् द्वय प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र प्रा.डा. गोविन्द ढकालले मुलुक संघीयतामा प्रवेश गरी तीन तहमा गइसक्दा पनि केन्द्रीय सरकारले कुनै अनुसन्धान नगर्दा पुरानै संरचनाले निरन्तरता पाएको बताए।
नागरिक फ्रन्टलाइनः सार्वजनिक प्रसाशनविद् द्वय प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र प्रा.डा. गोविन्द ढकाल
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महासमिति बैठक शनिवारदेखि काठमाडौंमा चलिरहेको छ । केन्द्र र प्रदेशको चुनाव यता पहिलोपटक बसेको बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ । बैठकमा पार्टी पदाधिकारीले पेश गरेको राजनीतिक तथा आर्थिक प्रतिवेदनमाथि महासमिति सदस्यले बोल्ने क्रम जारी छ । यस बाहेक बैठकमा गत वर्षको चुनावमा पार्टीको हार, सभापतिको अधिकारदेखि पार्टी विधान परिवर्तन सम्मका एजेन्डामा छलफल भैरहेको बैठकमा सहभागी नेताहरू बताउँछन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महासमिति बैठक शनिवारदेखि काठमाडौंमा चलिरहेको छ । केन्द्र र प्रदेशको चुनाव यता पहिलोपटक बसेको बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ । बैठकमा पार्टी पदाधिकारीले पेश गरेको राजनीतिक तथा आर्थिक प्रतिवेदनमाथि महासमिति सदस्यले बोल्ने क्रम जारी छ । यस बाहेक बैठकमा गत वर्षको चुनावमा पार्टीको हार, सभापतिको अधिकारदेखि पार्टी विधान परिवर्तन सम्मका एजेन्डामा छलफल भैरहेको बैठकमा सहभागी नेताहरू बताउँछन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा अघि बढे पनि कर्मचारीतन्त्रले साथ नदिएको गुनासो गरेका छन्। कर्मचारीतन्त्र निकम्मा हुँदा सरकारले नीति तथा कार्यक्रमअनुसार काम गर्न नसकेको उनको भनाई छ। ‘सरकारले समृद्ध नेपालको खाका र नीति ल्याएको छ। तर, कर्मचारीतन्त्र निकम्मा रहेछ। पछिल्लो २० वर्षमा कर्मचारीतन्त्रलाई निकम्मा बनाएका रहेछौं। कर्मचारीको ढिलासुस्तीले हामीले सोचेअनुसार काम गर्न सकेनौं’, उनले भने।
यात्राबाट किशोरीहरुलाइ शशक्तीकरण गर्ने भनेको सुन्दा तपाइ हामीलाइ केहि अचम्म पनि लाग्न सक्छ । यात्रा त तपाइ हामी सबैले गर्ने गर्दछौ । तर शशक्त हुने तरिकाले कतिले गरेका होलान् ? समान्य सोच, समान्य योजना र समान्य किशोरीहरु । यस्तै समान्य हुँदा हुदै कहिले काहि विशेष बन्ने गर्दछ ।
प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल ज्यु
दुइ जहाज किन्दा साढे २ अर्ब देखि साढे ६ अर्ब बीच खोटाला भएको हुनसक्ने लेखा समितिको प्रारम्भिक अध्ययनले देखाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा याेजनाकाे घाेषणा कार्यक्रममा राजधानीका पाेल पाेलमा टासिएका पाेष्टर सरकारी खर्चमा नगरिएकाे दाबी गरेका छन।बुधबार नागरिक नेटवर्कको प्रत्यक्ष संवाद कार्यक्रम नागरिक फ्रन्टलाइनमा कुरा गर्दै उनले अाम श्रमिकले बनाएर पाेलहरूमा टाँसेकाे दाबी उनले गरे।
नागरिक फ्रन्टलाइनः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सम्वाद ।