१६ चैत्र २०८० शुक्रबार
भिडियो

‘सीको भ्रमण सफल, कांग्रेसको सभापतिमा उठ्छु, जस्तापातामा मेरो संलग्नता भए उजुरी देउ’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै नेता महतले राष्ट्रपति सी नेपाल आउनु सुखद भए पनि सम्झौताहरु नयाँ नभएको बताए।  

उनले नेपाल चीन सम्बन्ध विपी कोइरालाले एक चीन नीतिको आधारमा अघि बढाएको स्मरण गर्दै त्यहीँ बेला चाउ एन लाई नेपाल भ्रमणमा आएको बताए। विपीले नै संयुक्त राष्ट्रसंघमा चीनको स्थानका लागि लबिङ गरेको प्रसंग पनि महतले स्मरण गरे।  

चिनियाँ राष्ट्रपति सीले भनेको ‘भाषणमा होइन, काम गरौं’ भन्ने भनाई उत्कृष्ट रहेको भन्दै आफू पनि त्यहीँ पक्षमा रहेको बताए। सी चिनफिङले काठमाडौंबाट चीन विभाजन गर्नेहरुलाई धुलो पारिदिने धम्की दिनु स्वभाविक भएको उनको भनाई छ। 

नेता महतले बुढीगण्डकी जलविद्युत परियोजना चीनको गेजुवालाई दिनु गलत भएको पनि बताए। 

महतले आफू नेपाली कांग्रेसको आगामी महाधिवेशनमा नेतृत्वको दाबेदार भएको पनि खुलाए। ‘नेतृत्वका लागि म तयार छु। त्यतिखेर परिस्थिती कस्तो बन्छ? दाबेदार म पनि हो’, उनले भने। पार्टीको गतिशीलताका लागि नेतृत्व परिवर्तन आवश्यक भएको उनको भनाई छ। 

नेता महतले आफूसँग जोडिँदै आएको जस्तापाताको विषयमा पनि स्पष्टिकरण दिए। उनले जस्तापातामा आफ्नो संलग्नता एक प्रतिशत पनि भए उजुरी दिन आलोचकलाई चुनौती समेत दिए। 

‘जस्तापाता भनेर जुन हल्ला गरिएको छ, एक प्रतिशत पनि सत्यता छ भने उजुरी गर्नुस्। दोषी भए सजाय भोग्न तयार छु’, उनले भने। जस्तापात भनेर झुटपुटका काल्पिनिक कुरा नगर्न उनले चेतावनी समेत दिए। 

प्रकाशित: २९ आश्विन २०७६ १६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App