३१ श्रावण २०७७ शनिबार
भिडियो

नेपालमा पाइने पाटे बाघबारे केही जानकारी

काठमाडाैं-   वर्तमान अवस्थामा बाघका ६ प्रजातिहरू मात्र अस्तित्वमा छन्। यसका ३ प्रजातिहरू पृथ्वीबाट लोप भइसकेका छन्। अहिले विश्वमा इण्डोचीनियाबाघ, मलेसियनबाघ, सुमात्राबाघ, साइबेरियनबाघ, दक्षिणचीनियाबाघ र पाटेबाघ पाइन्छ। नेपाल र भारतकाे भुभागमा पाटेबाघहरू पाइन्छ। पाटेबाघकाे वैज्ञानिक नाम प्याथरा टाइग्रिस टाइग्रिस हाे। पाटेबाघ अरु  
बाघभन्दा केहि ठूलो शरीरका हुन्छ। जसकाे भालेको तौल लगभग २ सय ३५ किलोग्रामसम्मको हुन्छ। बाघ संरक्षणवादीहरूको दावीअनुसारअहिले पाटेबाघको सङ्ख्या दुइ हजारभन्दा पनि कम भइसकेको छ। अहिले करिब एक हजार चार सय ११ पाटेबाघहरू अस्तित्वमा रहेको अनुमान गरिएको छ। नेपाल लगायत दक्षिण एसियाली देशहरले बाघ संरक्षणमा उत्साहजनक नतिजा हासिल गरिरहेका छन्। तर, इन्डोनेसिया, थाइल्याण्ड र मलेसिया जस्ता दक्षिणपूर्वी एसियाली देशहरूले भने सन्तोषजनक नतिजा हासिल गर्न सकिरहेका छैनन्। सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार बाघलाई सन् २०२२ सम्ममा दोब्बर पार्ने लक्ष्य नेपालको छ। सन् २०१३ को बाघ सर्वेक्षण अनुसार चितवनमा १ सय २०, बर्दियामा ५०, शुक्लामा १७, पर्सामा ७ र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटागरी नेपालमा १९८ वटा पाटेबाघ थिए। सरकारले २०१८ मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पर्सा (१८), चितवन (९३), बर्दिया (८७), बाँके (२१) रशुक्लाफाँटा (१६) निकुञ्जमा गरी कुल २ सय ३५ वयस्क बाघ छन्।सेन्टपिटर्स वर्गमा भएको बाघसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा २ सय ५० वटामा पु-याउने लक्ष्यमा पुग्न हामी १५ कम छाैं। याे लक्ष्य पूरा भएमा नेपाल बाघकाे जनसंख्या दाेब्बर पु-याउने पहिलाे देश बन्नेछ। हरेक चार वर्षमा नेपालमा बाघको राष्ट्रिय सर्वेक्षण गर्ने कार्यक्रम हुन्छ। बाघ गणनामा क्यामेराट्रयाप ,सन्टोकम्पास , रेन्जफाईन्डर, जी.पी.एस रेकर्ड फर्मलगायतका सामाग्रीको प्रयोगगरी बाघ तथा आहार प्रजातिको गणनासमेत गरिनेछ। यसका लागि विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय संस्थाहरूले नेपालको बाघको संख्या दोब्बर बनाउन आर्थिक र प्राविधिक सहयोगगदैं आएका छन्। नेपालमा प्रधानमन्त्रीकै नेतृत्वमा बाघ संरक्षण समिति बनेको छ। वर्षमा एक पटक समितिको बैठक बस्छ। वन मन्त्रालय, सेना र प्रहरी पनि बाघ संरक्षणमा प्रत्यक्ष संलग्न छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानब्यूरो (सीआईबी) ले पनि चोरी–शिकारी नियन्त्रणमा विशेष पहल गर्दैआएकोछ। संख्या र विवरणको आधारमा बाघलाई IUCNले रातो किताबको अति दुर्लभ सूचीमा राखको छ भने CITES महासन्धिले अनुसुचि १ मा राखी बाघ र यसका शरीरका कुनै पनि अंगको व्यवसायिक प्रयोगलाई पुर्ण रुपमा प्रतिबन्ध गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ ले पनि बाघलाई संरक्षित सूचीमा राखेको र यसको शिकार गर्ने व्यक्तिलाई ५ देखि १५ वर्षसम्मको कैदर रु. ५० हजार देखि रु ७५ हजारसम्मको जरिवाना व्यवस्था गरेकोछ। बिगतमा काठमाडौंको हलभित्र मनाइँदै आएको विश्व बाघ दिवस यस पटक बाँकेमा बाघकै बासस्थानमा मनाइएको  छ।

प्रकाशित: १३ श्रावण २०७६ १९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App