८ वैशाख २०८१ शनिबार
भिडियो

'बेलायतमा अभिव्यक्ति स्वतन्त्रताको पाठ सिकाउने प्रधानमन्त्रीले नेपालमा प्रनेश गौतमलाई थुन्न मिल्छ?'

काठमाडाैं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन आव्हान गरेका छन्।

'देशलाई समृद्ध बनाउन अभिव्यत्ति स्वतन्त्रताको भूमिका कतिहुन्छ भन्ने मलाइ जनकारी छ।' अक्फोर्ड युनियनमा भाषण गर्दै प्रधानमन्त्रीले भन्नु भयो। पक्कै पनि यो प्रधानमन्त्रीले बेलायतको बारे कुरा गर्न भएको हो। प्रधानमन्त्रीको सरकारले यहाँ के गरिरहेको छ हामीलाई थाहा छ। साशकीय स्वरुपमा प्रहार गरियो भनेर पशुपति शर्माको गीत बन्द गर्न लगाएको अस्ति भर्खरै मात्र हो।

सनातनदेखि चलिआएको संस्कृतिको दायीत्व बोकेको राज्यले गुठीलाई मासेर सांस्कृतिक पहिचान सम्पदा मास्ने षडयन्त्रका विरुद्धमा बोल्ने मुख थुन्न लाठी र पानीको फोहोरा हानेको त झन् अस्ति मात्रै हो।

एउटा चलचित्रको समीक्षा गरे वापत प्रनेश गौतम विनाकारण केही दिनदेखि हिरासतमा छन्। यी केही प्रतिनिधि घटनामात्रै हुन्। घटना घट्यो भन्दा पनि सरकारले यसलाई कसरी लियो भन्ने महत्वपूर्ण विषय हो। स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन भन्दै यी प्रत्येक घटनामा सरकारको भूमिका ठिक भएको भन्ने सरकारको दलिल छ। यो नै डरलाग्दो छ।'
सांसद थापाले संसदमा व्यक्त गरेको विचार भिडियोमा हेर्न सक्नुहुन्छ:

प्रकाशित: १ असार २०७६ १७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App