१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

जसपा नेपालका उपाध्यक्ष थापामगरसहितको समूह नेकपामा समाहित

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष शिवलाल थापामगरसहितको समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ । यादवले आइतबारमात्रै लोकतान्त्रिक समाजवादी पार्टीसँग एकता गरेका थिए । एकीकरणको एकदिन पछि नै जसपा नेपालको एउटा समूह बाहिरिएको हो । 

पेरिसडाँडामा एक कार्यक्रमबीच थापामगरसहितका केन्द्रीय सदस्यहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी मुख्यालयमा एक कार्यक्रमबीच पार्टी संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।  

सोही कार्यक्रममार्फत् मनिस हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । 

प्रकाशित: २८ पुस २०८२ १७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App