२४ श्रावण २०७७ शनिबार
भिडियो

जनताको अपेक्षा अनुसार नै बजेट आयोः पाण्डे

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले  ल्याएको बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जनताको अपेक्षा अनुसार बजेट नआएको भन्दै आलोचना गरिरहेका बेला नेता पाण्डेले मुलुकलाई सही बाटोमा अघि बढाउने गरी बजेट आएको बताएका हुन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले बजेटले वित्तिय अनुशासनलाई पनि ख्याल गरेको स्पष्ट पारे। सरकारले आगामी आर्थिक वर्ष साढे ८ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ। नेता पाण्डेले सरकारले सो लक्ष्य हासिल हुने गरी बजेट ल्याएको पनि बताए। मुलुकको आर्थिक वृद्धिदरलाई कायम गर्न स्रोतको अभाव बजेटमा नदेखिएको नेता पाण्डेको भनाई छ।

नेता पाण्डेले मुलुकको आर्थिक वृद्धिदरलाई बढाउन सिमेन्ट, जस्ता, रडजस्ता देशभित्रै उत्पादन हुने बस्तुहरुले सघाउ पु-याउने विश्वास पनि व्यक्त गरे। बजेटमा अनुदानमा बढावा गरिएकाले कृषि उत्पादन वृद्धि हुँदा पनि नेपालको आर्थिक वृद्धिदर बढेर जाने उनको बुझाई छ।

प्रकाशित: २१ जेष्ठ २०७६ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App