१६ चैत्र २०८० शुक्रबार
भिडियो

सरकारले सामुहिक खेती उत्पादनलाई जोड दिने

काठमाडौं– राजधानीमा आज देखि सुरु भएको किसान सम्मेलनमा कृषि मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रको विकासका लागि सामुहिक खेती उत्पादनमा जोड दिएको वताउनुभएको हो । किसानहरुको हक अधिकारलाई सरकारले महत्व दिएको उल्लेख गर्दै मन्त्री खनालले सामुहिक खेती उत्पादनले मात्र कृषि क्षेत्रको रुपान्तरण गर्न सकिने उल्लेख गर्नुभयो । 

किसानमा समृद्धि ल्याउने गरी आवश्यक योजना बनाउन सम्मेलन आयोजना गरिएको हो । किसानको समृद्धि, कृषि रुपान्तरण, उद्यमशीलता विकासका लागि आवश्यक योजना तय गर्न र कृषिमा प्रविधिको प्रयोगलाई सम्मेलनले जोड दिएको छ । गरीब निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षणजस्ता दीगो विकास लक्ष्यले निर्दिष्ट गरेका लक्ष्यहरु हासिल गुर्न पर्नेमा समेत सम्मेलनले जोड दिएको छ । तर किसानका लागि सरकारले अनुदान, बिमा, सामाजिक सुरक्षाको ब्यवस्था गरेपनि कृषिकले पाउन नसकेको भन्दै सम्मेलनका सहभागीहरुले जमिन सरकार मातहात राख्न सुझाब दिए । 

कृषि क्षेत्रलाई आत्मनिर्भरका साथै आधुनिकिरण गर्ने बहस भएपनि कृषकहरुको समस्या भने ज्यूका त्यू छ । कृषि सामाग्रीहरुले उचित वजार मुल्य नपाउने समस्या कृषकहरुले ब्यहोदै आएका छन् । 

कृषिको सशक्तीकरण र किसानको नेतृत्वदायी भूमिका हुनुपर्ने आवश्यकताबारे पटक पटक सम्मेलन र गोष्टी हुने गरेका भएपनि ब्यहारमा कृषक समक्ष भने पुग्न सकेको छैन ।

प्रकाशित: २६ फाल्गुन २०७५ १४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App